रवि लामिछाने २ सय मतले अगाडि, पछ्याउँदै एमालेका कृष्णभक्त

रवि लामिछाने २ सय मतले अगाडि, पछ्याउँदै एमालेका कृष्णभक्त

चितवन : अत्यधिक चासोका साथ हेरिएको चितवन-२ को मत परिणाम राष्ट्रिय स्वतन्त्र पार्टीले सोचे जस्तो आइरहेको छैन। पार्टीका सभापति रवि लामिछाने पहिलो नम्बरमा छन् तर करिब २ सय मतले मात्रै।

रवीको ४ हजार सात मत आउँदा एमालेका कृष्णभक्त पोखरेलले ३८ सय ७९ मतले पछ्याइरहेका छन्। नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ ३४ सय १० मतले तेस्रो स्थानमा छन्।

प्रारम्भमा ग्रामीण भेगबाट मत गन्दा एमालेका उम्मेदवार अगाडि थिए। उमेश दोस्रोमा अनि रवि तेस्रोमा अहिले मतगणना सहरी क्षेत्रमा प्रवेश गरिसकेको छ। चुनाव प्रचारका क्रममा सहरी क्षेत्रमा रविको पकड बलियो देखिएको थियो। तर प्रचार र चर्चा अनुसारको एकलौटी मत भने देखिएन।

बरु उता चितवन १ मा स्वतन्त्र पार्टीका हरि ढकाल अगाडि बढेको बढ्यै छन्। उनी प्रतिस्पर्धीभन्दा एक हजार मतले अगाडि छन्। पहिलो अग्रता कायम गरेका ढकालको पक्षमा ६ हजार तीन सय ६७ मत आउँदा प्रतिस्पर्धी सुरेन्द्र पाण्डेको तीन हजार ३ सय ९९ मत आएको छ।

कांग्रेसका उम्मेदवार विश्व पौडेल ५ हजार २ सय ९५ मतले दुवै उम्मेदवारलाई पछ्याइरहेका छन्। चितवन ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बराल ३ हजार ९ सय ७७ मतले दोस्रो स्थानमा रहँदा पहिलो नम्बरमा भ्रष्टाचार मुद्दा खेपिरहेका विक्रम पाण्डे ४ हजार सात सय ७० मतले अगाडि छन्। माओवादी केन्द्रका उम्मेदवार भोजराज अधिकारीले तीन हजार ८ सय २५ मत ल्याउँदा विद्रोही उम्मेदवार बनेका दिनेश कोइरालाले ३ हजार एक सय ७१ मत ल्याएका छन्।

६ मंसिर, २०७९, १४:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।