स्वतन्त्र पार्टीका कार्यकर्ताले गठबन्धनको प्रचार समूहलाई 'भाग्यो भाग्यो' भन्दा गाडी फुट्यो

स्वतन्त्र पार्टीका कार्यकर्ताले गठबन्धनको प्रचार समूहलाई 'भाग्यो भाग्यो' भन्दा गाडी फुट्यो

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेले इच्छा मनकामनाको लेवाटारमा भएको घटनालाई राज्यशक्ती नै आफू विरुद्ध लागेको दाबी गर्दै फेसबुक लाइभ गरे।

गठबन्धनका चितवन-२ का उम्मेदवार उमेश श्रेष्ठको टोली अनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछाने समूहको बाटोमा जम्काभेट भएको थियो।

चुनाव प्रचारमा रहेका स्वतन्त्र पार्टीका कार्यकर्ताले गाडीभित्रबाट 'भाग्यो-भाग्यो' भन्दै कराएपछि गठबन्धन दलको प
एक व्यक्तिले राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता चढेको गाडीको  अगाडिको सिसा फुटाएका थिए।

फेसबुक लाइभमा आएका लामिछानेले यस घटनालाई अतिरञ्जित नगर्न आग्रह गर्दै आफ्ना पार्टीका कार्यकर्तालाई उत्तेजित नहुन आग्रह समेत गरेका थिए।

'घटनाले म पनि आक्रोशित भए। तर हामीले संयमित हुनुपर्छ' उनले भने। सामान्य घटनामा समेत उग्र अभिव्यक्ति दिने छवि बनाएका उनी नरम हुनुको कारण टिकटकमा सार्वजनिक भएको भिडियो क्लिपले। 

पहिला सार्वजनिक भएको भिडियो क्लिप स्थानीयले टाढैबाट खिचेका थिए। त्यहाँ भएका संवाद थिएन। विवादको दृश्यपछि एकै पटक एक व्यक्ति गाडीको अघिल्लो भागमा चढेर लात्तीले हानेर सिसा फुटाए।

एक पार्टीको प्रचार टोलीमाथि अर्को पार्टीको आक्रमण कारबाहीयोग्य व्यवहार हो नै। सामाजिक सञ्जालमा घटनाको तीव्र विरोध भयो। पछि घटना हुनु अगाडिको दोस्रो क्लिप सार्वजनिक भयो जसमा 'एकातिर स्वतन्त्र पार्टी अर्कोतिर हँसिया हथौडा भन्ने आवाज सुनिन्छ।

उताबाट भाग्यो-भाग्यो भन्ने आवाज आएपछि केही व्यक्ति को भाग्यो ? भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यकर्ताको गाडी भएतिर गए। एक प्रहरीले रोक्न खोजेको देखिन्छ। एक जना गाडी अगाडिको भागमा चढेर सिसामा लात्ती हानेर झरे।

चितवनका एसपी नवराज अधिकारीका अनुसार दुवै दलको प्रचार टोलीबिच जम्काभेट भए पनि माहौल सामान्य रहेको र  छुट्टिँदै गर्दा एक व्यक्तिले गाडी फुटाएको बताए। स्वतन्त्र पार्टीकाले जिस्काउँदा माहौल बिग्रिएको भन्दै उनले घटनामा संलग्नको खोजी भइरहेको बताएका थिए। 

२७ कात्तिक, २०७९, ०१:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।