एमाले, कांग्रेस र माओवादीबाट लुम्बिनी प्रदेशका मुख्यमन्त्रीका आकांक्षी को-को हुन् ?

एमाले, कांग्रेस र माओवादीबाट लुम्बिनी प्रदेशका मुख्यमन्त्रीका आकांक्षी को-को हुन् ?

बुटवल: मङ्सिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनपछि देशले नयाँ संघीय सरकार पाउनेछ भने सात वटै प्रदेशले नयाँ मुख्यमन्त्री पाउनेछ।

यता लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको दौडमा आधा दर्जनभन्दा बढी आकांक्षी छन्। नेताहरूले मुख खोलेरै बोल्न नसके पनि पार्टीभित्रको वरिष्ठता, पार्टीमा योगदान र यसअघि प्राप्त गरेका विभिन्न अनुभवका आधारमा आ-आफ्नो पंक्तिमा मुख्यमन्त्रीको सम्भावित दावेदार भनेर प्रचार भने गरेका छन्।

खासगरी लुम्बिनी प्रदेशमा एमाले, कांग्रेस र माओवादीकै नेताहरू मुख्यमन्त्रीको सम्भावित ‘रेस’मा छन्।

कांग्रेसबाट को ?
कांग्रेसले प्रदेश सभामा ३३ सिटमा आफ्ना उम्मेदवार उठाएको छ। यीमध्ये मुख्यमन्त्रीको दौडमा रुपन्देहीका अव्दुल रज्जाक गद्दी, रोल्पाका अमरसिंह पुन र कपिलवस्तुका वीरेन्द्रकुमार कनौडिया छन्।

यस्तै, अमरसिंह पुन रोल्पा क्षेत्र नं. १ (ख) बाट प्रदेश सभामा उम्मेदवार बनेका छन्। उनी लुम्बिनी प्रदेश सभापति समेत हुन्। उनलाई पनि मुख्यमन्त्री बनाउने गरी प्रदेश सभामा उम्मेदवार बनाएको कांग्रेसका नेताहरू बताउँछन्।

अब्दुल रज्जाक गद्दी अहिले रुपन्देही क्षेत्र नं. १ (ख) बाट प्रदेश सभामा उम्मेदवार भएका छन्। पूर्वराज्यमन्त्री र संघीय सांसद समेत भइसकेका रज्जाकलाई मुख्यमन्त्री बनाउनकै लागि प्रदेशमा उठाइएको कांग्रेस कार्यकर्ताहरू बताउँछन्। रज्जाक भने प्रतिनिधि सभाको उम्मेदवार बन्न चाहन्थे।

रज्जाक पनि पार्टी निर्णयले मुख्यमन्त्रीमा अगाडि सारे तयार रहेको बताउँछन्। ‘पहिला त गठबन्धनले जित निकाल्न जरुरी छ। म अहिले नै मुख्यमन्त्री हो भन्दिनँ, अहिले हाम्रो उद्देश्य भनेकै प्रतिगमनलाई पराजित गरी गठबन्धनलाई जिताउने हो’, उनले भने।

यस्तै, अमरसिंह पुन रोल्पा क्षेत्र नं. १ (ख) बाट प्रदेश सभामा उम्मेदवार बनेका छन्। उनी लुम्बिनी प्रदेश सभापति समेत हुन्। उनलाई पनि मुख्यमन्त्री बनाउने गरी प्रदेश सभामा उम्मेदवार बनाएको कांग्रेसका नेताहरू बताउँछन्।

लुम्बिनी प्रदेशमा माओवादीको भागमा १७ सिट मात्र परेको छ। त्यसमध्ये मुख्यमन्त्रीको दौडमा सुदर्शन बराल र जोखबहादुर महरा छन्।

यसैगरी कांग्रेसबाट मुख्यमन्त्रीका अर्का दावेदार हुन्, कपिलवस्तुका वीरेन्द्रकुमार कनौडिया। ०७४ सालको निर्वाचनपछि लुम्बिनी प्रदेशका संसदीय दलका नेता समेत भएका कनौडियाले शंकर पोखरेल नेतृत्त्वको सरकार ढलाएपछि माओवादीसँग ८/८ महिना सरकार चलाउने सहमति गरेको थिए। यद्यपि कनौडिया मुख्यमन्त्री बन्न पाएनन्।

कपिलवस्तु क्षेत्र नं. ३ (ख) बाट उम्मेदवार बनेका उनलाई यसपटक मुख्यमन्त्रीमा अवसर दिने तयारी भएको बताइन्छ।

माओवादीबाट को ?
लुम्बिनी प्रदेशमा माओवादीको भागमा १७ सिट मात्र परेको छ। त्यसमध्ये मुख्यमन्त्रीको दौडमा सुदर्शन बराल र जोखबहादुर महरा छन्।

गठबन्धन रहेकै अवस्थामा र बहुमत प्राप्त भएमा मात्र माओवादीबाट मुख्यमन्त्री बन्न सम्भव छ। यस्तो अवस्थामा बराल र महरा मुख्यमन्त्रीका बलिया दावेदार हुन्।

एमालेका पोलिटब्युरो सदस्य समेत रहेका गिरीलाई मुख्यमन्त्री बनाउनकै लागि प्रदेश सभामा टिकट दिइएको बताइन्छ। ‘पार्टीले मुख्यमन्त्रीको जिम्मेवारी दिएको अवस्थामा म लिन तयार छु। सुरुमा हामी निर्वाचनमा केन्द्रित छौँ’, उनले भने।

गुल्मी क्षेत्र नं १ (क) बाट उम्मेदवार बनेका सुदर्शन बराल शंकर पोखरेल नेतृत्त्वको सरकारमा सामाजिक विकासमन्त्री भएका थिए।

रोल्पा क्षेत्र नं. १ (क) बाट प्रदेश सभामा उम्मेदवार बनेका महरा यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहालको सचिवालयमा बसेर काम गरेका थिए। 

यसअघि सोही क्षेत्रबाट कुलप्रसाद केसीले चुनाव जितेका थिए। केसी अहिले मुख्यमन्त्री छन्।

एमालेबाट को ?
मुख्यमन्त्रीको प्रमुख दावेदारमा छन् रुपन्देहीका लीला गिरी। शंकर पोखरेल नेतृत्त्वको सरकारमा पर्यटनमन्त्री समेत भइसकेको गिरी रुपन्देही क्षेत्र नं. २ (ख) बाट उम्मेदवार छन्। 

एमालेका पोलिटब्युरो सदस्य समेत रहेका गिरीलाई मुख्यमन्त्री बनाउनकै लागि प्रदेश सभामा टिकट दिइएको बताइन्छ। ‘पार्टीले मुख्यमन्त्रीको जिम्मेवारी दिएको अवस्थामा म लिन तयार छु। सुरुमा हामी निर्वाचनमा केन्द्रित छौँ’, उनले भने।

त्यसबाहेक चर्चामा आएको अर्को नाम हो दधिराम न्यौपाने। नेकपा एमालेका पोलिटब्युरो सदस्य रहेका न्यौपाने रुपन्देही क्षेत्र नं. १ (ख) बाट प्रतिस्पर्धामा छन्। 

त्यस्तै रूपन्देही क्षेत्र नं. २ (ख) का उम्मेदवार पार्टी प्रदेश उपाध्यक्ष तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठ पनि मुख्यमन्त्रीको दावेदार रहेका छन्।

लुम्बिनी प्रदेश सभामा ५२ प्रत्यक्ष र ३५ समानुपातिक गरी ८७ सदस्य प्रदेश सांसदका लागि आउँदो मंसिर ४ गते एकसाथ चुनाव हुँदैछ।

यसअघि २०७४ मा प्रदेशमा एमालेले प्रत्यक्षतर्फ २९ र समानुपातिकतर्फ १३ गरी ४२ सिट जितेको थियो। २०७४ को निर्वाचनमा लुम्बिनी प्रदेशमा पहिलो दल बनेको एमालेले प्रदेशका ५२ मध्ये ४७ क्षेत्रमा उम्मेदवारी दिएको छ। 

उसले जसपा र राप्रपासँग तालमेल गरी प्रदेशमा बहुमत ल्याउने दावी गरिरहेको छ।

पहाडका ६ र तराईका ६ जिल्ला गरी लुम्बिनीमा १२ जिल्ला पर्दछन्। यो प्रदेशमा ३२ लाख ४९ हजार ६३७ मतदाता रहेका छन्। त्यसमध्ये पुरुष १६ लाख ३७ हजार १३३, महिला १६ लाख १४ हजार ४७१ र अन्य ३४ जना रहेका छन्।

प्रदेशमा मतदानस्थल एक हजार ६५० र मतदान केन्द्र तीन हजार ८६२ रहेको निर्वाचन आयोगले जनाएको छ। लुम्बिनी प्रदेश सभामा ५२ प्रत्यक्ष र ३५ समानुपातिक गरी ८७ सदस्य प्रदेश सांसदका लागि आउँदो मंसिर ४ गते एकसाथ चुनाव हुँदैछ।

१२ कात्तिक, २०७९, ११:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।