बागमती प्रदेशका प्रमुखले जारी गरे दुई अध्यादेश

बागमती प्रदेशका प्रमुखले जारी गरे दुई अध्यादेश

काठमाडौं: बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले आइतबार दुई अध्यादेश जारी गरेका छन्। प्रदेश प्रमुख शर्माले जारी गरेको अध्यादेशमा प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा २०२ को उपधार १ बमोजिम बागमती प्रदेश सरकारले सिफारिस गरेको उक्त अध्यादेश जारी गरेका हुन्।

३१ असोज, २०७९, १३:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।