आलियाको प्रेग्नेन्सी फोटो सुट टाइम म्यागेजिनमा

आलियाको प्रेग्नेन्सी फोटो सुट टाइम म्यागेजिनमा

एजेन्सी : बलिउड नायिका आलिया भट्ट आमा बन्ने तयारीमा छिन्। नायक रणवीर कपुरसँग उनको विवाह भएको पहिलो वर्ष नै उनी आमा बन्दै छिन्।

सार्वजनिक कार्यक्रममा कमै देखिने उनी रणवीरसँग देखिँदा इन्डियन फोटो पत्रकारहरू उनको बेबी बम्पसहितको तस्बिर खिच्न झुम्मिने गरे पनि उनले सकेसम्म बढेको पेट छोपिने गरी लुज कपडा लगाउँदा सफल भएका थिएनन्।

उनले टाइम म्यागेजिनका लागि भने बेबीबम्पसहितको तस्बिर खिचाएकी छिन्। टाइममा छापिएको तस्बिर आलिया आफैँले सोसल मिडियामा सार्वजनिक गर्दै टाइमलाई धन्यवाद दिएकी छिन्।

उनको बेबीबम्पको आकारले उनी चाँड आमा बन्ने देखिन्छ। बेबीबम्पसहितको तस्बिरमा उनी मेच्योड उमनसँगै क्युट देखिएकी छिन्।

१७ असोज, २०७९, १५:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।