बर्दियाको राजापुरमा माओवादी केन्द्र विजयी

बर्दियाको राजापुरमा माओवादी केन्द्र विजयी

काठमाडौं : बर्दियाको राजापुर नगरपालिका प्रमुख र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ। प्रमुखमा दिपेश थारू तथा उपप्रमुखमा मनकलाकुमारी चौधरी विजयी भएका हुन्।

थारू ९ हजार ८०७ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांगेसका दीपकजङ्ग शाहले ९ हजार ७६० मत प्राप्त गरे।

यस्तै उपप्रमुखमा माओवादी केन्द्रकी चौधरी १० हजार ८६ मत प्राप्त गरी विजयी भइन् भने उनकी प्रतिद्वन्द्वी कांगेसकी यशोदा थारूले १० हजार ४५ मत प्राप्त गरिन्।

माओवादी केन्द्रले वडा नं ३, ४, ५, ६, ८ र १० मा वडाध्यक्ष जितेको छ। वडा नं १ मा कांग्रेसका बाबुराम चौधरी, वडा नं २ मा काग्रेसकै रामचन्द्र चौधरी, वडा नं ३ मा माओवादी केन्द्रका प्रसादु थारू,  ४ मा माओवादी केन्द्रकै विदुर पोखरेल, वडा नं ५ मा स्वतन्त्रबाट रमेश चौधरी र ६ मा माओवादी केन्द्रका असराज न्यौपाने वडाध्यक्षमा विजयी भएका छन्।
 
त्यसैगरी वडा नं ७ मा एमालेका रामु थारू, ८ मा माओवादी केन्द्रका राजेश थारू, ९ मा कांग्रेसका विष्णुप्रसाद थारू र वडा नं १० मा माओवादी केन्द्रका शिवलाल थारू वडाध्यक्षमा विजयी भएका छन्।

११ जेठ, २०७९, १०:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।