बालकुमारीमा बाटो क्रस गर्दै गरेका युवकलाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु

बालकुमारीमा बाटो क्रस गर्दै गरेका युवकलाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु

काठमाडौंः ललितपुरको बालकुमारीमा गए राति मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा सनाखत हुन बाँकी अन्दाजी ३० वर्षीय युवक रहेका छन्।

गम्भीर घाइते भएका उनको उपचारको क्रममा आज बिहान ३ बजे बी एण्ड बी अस्पताल ग्वार्कोमा मृत्यु भएको हो।

कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बागमती प्रदेश-०२-०२३प ०४९१ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेका युवकलाई गए राति सवा ९ बजे ठक्कर दिएको हो।

मोटरसाइकलसहित चालकलाई प्रहरी वृत सातदोबाटोले नियन्त्रणमा लिएको छ।

४ जेठ, २०७९, १३:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।