नेप्से स्थिरः आज ९ अर्बको सेयर कारोबार

नेप्से स्थिरः आज ९ अर्बको सेयर कारोबार

आज दुई सय २६ वटा कम्पनीको ९ अर्ब २९ करोड ५५ लाख ४ हजार १५५ रुपैयाँ बराबरकाे सेयर कारोबार भएको छ।

यस्तै आज कारोबार भएका १३ वटा उपसूचकमध्ये ७ वटा उपसूचकमा वृद्धि आएको भने ६ वटा उपसूचकमा गिरावट आएको छ।लगानीकर्ताहरू निर्जीवन विमामा आकर्षित हुँदा साे उपसूचक १.४८ अंकले वृद्धि भएको छ।

लाईफ इन्स्योरेन्स, फाइनान्स, डेभलपमेन्ट बैंक, होटल एण्ड टुरीजम, ट्रेडिङ, बैंकिङको उपसूचकमा झिनो अंकले वृद्धि भएको छ।

आज कारोबारमा अजोड इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

२८ भदौ, २०७८, १५:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।