नेपाल र पपुवा न्युगिनी दोस्रो खेलमा आमने-सामने

नेपाल र पपुवा न्युगिनी दोस्रो खेलमा आमने-सामने

काठमाडौं : एकदिवसीय क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा आज नेपाल र पपुवा न्युगिनी आमनेसामने हुँदैछन्। पहिलो खेलमा नेपाल दुई विकेटले विजयी भएको थियो। 

डे-नाइट खेलाइने आजको खेल नेपाली समयअनुसार अपराह्न ४ बजे सुरु हुनेछ। एकदिवसीय क्रिकेटमा नेपालको यो पहिलो डे-नाइट प्रतियोगिता हो।

पपुवा न्युगिनीसँग खेलेपछि नेपालले आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत अमेरिका र ओमानसँग खेल्नेछ। यही प्रतियोगिताको तयारीस्वरुप नेपालले न्युगिनीसँग खेलेको हो।

२५ भदौ, २०७८, १०:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।