सुन तोलाको ९३ हजार २ सय रुपैयाँ
काठमाडौँ : सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेको छ।
छापावाल सुन तोलामा ४ सय रुपैयाँले बढेर ९३ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
सोमबार छापावाल सुन तोलाको ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै तेजाबी सुनको भाउ तोलाको ९२ हजार ७ सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।
चाँदीको भाउ सोमबारको तुलनामा तोलामा १० रुपैयाँले घटेर १२ सय ८० रुपैयाँ कायम भएको छ।
५ साउन, २०७८, ११:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।