सुनको भाउ तोलामा ७ सय रुपैयाँ कम 

सुनको भाउ तोलामा ७ सय रुपैयाँ कम 

काठमाडौँ : सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको छ। छापावाल सुन हिजोको भन्दा तोलामा ७ सय घटेर ९३ हजार २ सय रुपैयाँ कायम भएको छ।

छापावाल शुक्रवार ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ हिजो आइतबार बजार खुल्दा ६ सय रुपैयाँले घटेर ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै तेजाबी सुनको भाउ ९२ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। चाँदीको भाउ तोलाको १३६५ रुपैयाँ कायम भएको छ।  

३१ जेठ, २०७८, ११:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।