सांसद बडुको प्रश्न : सुरक्षा खतराकै कारण प्रधानमन्त्री ओली संसदमा नआउनु भएको हो?  

सांसद बडुको प्रश्न : सुरक्षा खतराकै कारण प्रधानमन्त्री ओली संसदमा नआउनु भएको हो?  

काठमाडौँ : नेपाली काँग्रेसका सांसद दिलेन्द्र बडुले सुरक्षाकै कारण प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभा बैठकमा नदेखिनु भएको हो भनेर प्रश्न गरेका छन्।

प्रतिनिधि सभाको शून्य समयमा सांसद बडुले प्रधानमन्त्री ओली बैठकमा उपस्थिति नहुनको कारण सुरक्षा खतरा नै हो या नैतिक खतरा हो भनेर प्रश्न गरेका छन्। 

उनले प्रधानमन्त्री ओलीले केही दिन अगाडी आफूमाथि गम्भीर सुरक्षा खतरा रहेको र कुनै पनि बखत आफू माथि भौतिक आक्रमण हुने आशयको सार्वजनिक अभिव्यक्तिमा सत्यताबारे गृह मन्त्रालयको ध्यानाकर्षण गराए।

सांसद बडुले संसद् चलिरहँदा प्रधानमन्त्री ओली नदेखिनुको जवाफ दिन सरकारका प्रवक्ताको ध्यानाकर्षण पनि गराए। सांसदहरूले शून्य समयमा सरकारले बिजनेस नदिएर प्रभावकारी बनाउन नखोजेको बताए। 

१८ चैत, २०७७, १३:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।