होलीमा कुटाइ खाएको भिडियो भाइरल भएपछि अजयले स्पष्टोक्क्ति– त्यो घटनामा म कुटिएको होइन 

होलीमा कुटाइ खाएको भिडियो भाइरल भएपछि अजयले स्पष्टोक्क्ति– त्यो घटनामा म कुटिएको होइन 

काठमाडौ : होलीमा कुटाइ खाएको भिडियो भाइरल भएपछि बलिउड अभिनेता अजय देवगनले त्यो घटनामा आफू समावेश नभएको स्पष्ट पारेका छन्। 

उनले आफ्नो ट्विटर ह्याण्डलमार्फत कुटाइ खाने व्यक्ति आफूजस्तै देखिने मानिस भएको दाबी गरेका हुन्। 

जयले आफ्नो ट्विटर ह्याण्डलमा लेखेका छन्, ‘यस्तो लाग्दैछ कि, मजस्तै देखिने मानिस समस्यामा परेका छन्। मलाई यो भिडियोलाई लिएर थुप्रै फोन आइरहेको छ। म स्पष्ट पार्न चाहन्छु कि मैले दिल्लीको यात्रा गरेको छैन। मेरो बारेमा चलिरहेको कुनै पनि विवादमा म समावेश छैन, ह्याप्पी होली।’

सामाजिक सञ्जालमा अजय देवगनजस्तै देखिने मानिसलाई दिल्लीको एक पवबाहिर त्यहाँका मानिसले कुटेको भिडियो भाइरल भएको छ। 

अजयले होलीको दिन आफू फिल्म ‘मैदान, मेडे र गंगुबाई काठियाबाडी’को छायांकनका लागि मुम्बईमा रहेको दाबी गरेका छन्। 
 

१७ चैत, २०७७, १५:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।