ऋषिराजको ‘चुरीफुरी’को छायाँकन सकियो

ऋषिराजको ‘चुरीफुरी’को छायाँकन सकियो

काठमाडौं : ऋषिराज आचार्यले निर्माण गरेको कमेडी चलचित्र ‘चुरीफुरी’ को छायांकन सकिएको छ । पुस अन्तिमबाट छायांकन थालिएको चलचित्रको छायांकन ४३ दिनमा सकिएको हो । 

आरबि मुभीजको ब्यानरमा निर्माण भएको चलचित्रमा रबिन्द्र झा,अभिषेक श्रेष्ठ,पूजा पन्त, राजीबजंग बस्नेत,सोना बज्राचार्य,रिन्जिन गुरुङ,शिसिर भण्डारी,दीपक आचार्य (काकु),सुबोध गौतम (एदुमे),पवन खतिवडा (म्याकुरी),सुरवीर पण्डित,ऋतु आचार्य, सुनीता श्रेष्ठ,राजेन्द्र खाती,महेश्वर आचार्य,लक्ष्मी ढकाल (जोया),कमल सिंह,सरिस्मा मगर, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ,रश्मी आचार्य,लक्ष्मण अधिकारी, दिल गोदार,मनिल तामाङ,जीपी पाठक लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई ऋषिराज आचार्यको लेखन तथा निर्देशनमा तयार भएको हो भने चलचित्रलाई राहुल राईले खिचेका हुन् । 

चलचित्रमा निर्देशक आचार्य स्वयम् र रिना ढकालको लगानी रहेको छ। सहनिर्मातामा भने बिमला भुसाल, राजेन्द्र खाती र शिब थापा छन् । दीपक शर्माको संगीत रहेको चलचित्रका गीतमा समीर आचार्य,बिश्व नेपाली र बेनीशा पौडेललको स्वर छ । भिमफेदी ग्रुपले कोरियोग्राफी गरेको चलचित्रको कला निर्देशक बिजय आचार्य छन् । 

कथाको माग अनुरुप नै चलचित्रमा नयाँ तथा हाँस्य ब्यङ्ग्य क्षेत्रका कलाकारको बाहुल्यता रहेको निर्देशक आचार्य बताउछन् । यसै चलचित्रबाट मोडेल अभिषेक श्रेष्ठले हिरोका रुपमा डेब्यु गरेका छछन् । चलचित्रको सम्पादन जिम्मा नवीन निरौलाले लिएका  छन् भने  प्रदर्शन मिति तय गरिएको छैन। 
 

९ फागुन, २०७७, २०:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।