बिरामी जाँचेको शुल्क बढाउने निर्णय कार्यान्वयन गर्न माग  

बिरामी जाँचेको शुल्क बढाउने निर्णय कार्यान्वयन गर्न माग  

काठमाडौँ : नेपाल चिकित्सक सङ्घ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट नेपाल (अफिन) ले बिरामी जाँचेको शुल्क बढाउन माग गरेका छन्।

सङ्घ र अफिनले चिकित्सक, स्वास्थ्य संस्था तथा अस्पताललाई परामर्श शुल्क बढाउन माग गरेका हुन्। 

सङ्घ र अफिनले शुल्क बढाउने निर्णय गरेर चिकित्सक, स्वास्थ्य संस्था तथा अस्पताललाई निर्णय कार्यान्वयन गर्न भनेका छन्। शुल्क परामर्श समितिले गरेको सिफारिस अनुसार आजको मितिदेखि लागु हुने गरी बढेको शुल्क कार्यान्वयन गर्न अनुरोध गरेको सङ्घ र अफिनले विज्ञप्ति निकालेर जानकारी दिएका छन्। 

२०७१ भदौ ११ गतेको मन्त्रिस्तरिय निर्णय अनुसार असोज १ गतेदेखि लागु हुने गरी चिकित्सकले बिरामी जाँच गरे बापत लिन पाउने परामर्श शुल्क निर्धारण भएको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा ‘मन्त्रालयमा पेस भएको १ वर्ष बितिसक्दा पनि समय सापेक्ष परामर्श शुल्क परिमार्जन नगरिएको ब्यहोरा अवगत गराउन चाहन्छौँ’ भनिएको छ। 

 

 

५ फागुन, २०७७, १३:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।