लगानीको लागि नेपाल आकर्षक गन्तव्य हो, ढुक्क भएर लगानी गर्नुहोस् : अर्थमन्त्री

लगानीको लागि नेपाल आकर्षक गन्तव्य हो, ढुक्क भएर लगानी गर्नुहोस् : अर्थमन्त्री

काठमाडौं : अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य भएको भन्दै ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन्। 

काठमाडौंमा भएको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उद्घाटन सत्रमा सम्बोधन गरेका मन्त्री पुनले नीतिगत सुधारहरुबारे जानकारी गराउनु तथा लगानीका लागि तयार भएका परियोजनाहरूसहित विभिन्न क्षेत्रका आयोजनाहरूको विस्तृत प्रदर्शनी गर्नु नै सम्मेलनको मुख्य उद्देश्य भएको समेत बताए। 

नेपालले पछिल्लो समय स्वच्छ ऊर्जा, पर्यटन, सूचना प्रविधि, कृषि र कृषि आधारित उद्योगका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको मन्त्री पुनको भनाइ छ। 

उनले उच्च आर्थिक वृद्धिको लक्ष्य छुन आन्तरिक लगानी र बजार मात्र पर्याप्त नरहेकाले आफूहरूले विदेशी लगानी प्रवर्द्धनमा जोड दिएकोले नेपाल लगानीको उत्कृष्ट वातावरण भएको भन्दै ढुक्क  भएर लागिन गर्न आह्वान गरे। 

‘व्यवसायीक वातावरण सुधार गर्न र लगानीकर्ताको विश्वास बढाउने उद्देश्यले हामीले विभिन्न नीतिगत सुधार गरेका छौं’, मन्त्री पुनले भने, ‘नीतिको प्रक्रियागत झन्झटमा सुधार, सार्वजनिक शासनमा पारदर्शिता र जवाफदेहीता सुनिश्चित गरिएको छ। ढुक्क भएर लगानी गर्न आग्रह गर्दछौ।’

नेपालको निमन्त्रणामा आएका अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई आभार प्रकट गरेका मन्त्री पुनले सम्मेलनका क्रममा लगानीकर्ता र सरोकारवालाबिच धेरै सम्झौता र समझदारीका साथै परियोजना विकास र व्यवस्थापनसम्बन्धी सम्झौता हुने विश्वास लिएको बताए। 

१६ बैशाख, २०८१, ११:१२:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।