टी–२० मैत्रीपूर्ण श्रृङ्खला : वेस्टइन्डिज 'ए' विरुद्ध उच्च मनोबलका साथ दोस्रो जितको लक्ष्यमा नेपाल

टी–२० मैत्रीपूर्ण श्रृङ्खला : वेस्टइन्डिज 'ए' विरुद्ध उच्च मनोबलका साथ दोस्रो जितको लक्ष्यमा नेपाल

काठमाडौं : नेपालले आज टी–२० श्रृङ्खला अन्तर्गतको दोस्रो खेल वेस्टइन्डिज ए सँग खेल्दैछ। खेल दिउँसो सवा बाह्र बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ। 

शनिबार भएको पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई ४ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ।
 
२०५ रनको लक्ष्य पछ्याएको नेपालले ६ विकेट गुमाएर २ बल बाँकी छँदै लक्ष्य पूरा गरेको थियो। जसका लागि कप्तान रोहित पौडेलले उम्दा पारि खेले। ५४ बलको सामना गरेका पौडेलले ११२ रनको योगदान गरेका थिए भने अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्। 

पहिलो खेलमा बलियो मानिएको टोलीलाई पराजित गरेसँगै नेपाली टोलीको मनोबल उच्च देखिन्छ। 

आज नेपालविरुद्ध पहिलो जितको खोजीमा वेस्टइन्डिज ए टोली मैदान प्रवेश गर्दा घरेलु टोली दोस्रो जितको लागि उत्साहित देखिन्छ। 

टी–२० विश्वकपको तयारीका लागि आयोजित यो तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र अन्तिम खेल शनिबार हुने क्यानको तालिका छ। 

१६ बैशाख, २०८१, ०७:४७:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।