युनिफाइडका निमित्त प्रमुख प्रशासकीय अधिकारीबाट हटाइए डा. भूपेन्द्र, वीरको निर्देशक बनेर आए सन्तोष

युनिफाइडका निमित्त प्रमुख प्रशासकीय अधिकारीबाट हटाइए डा. भूपेन्द्र, वीरको निर्देशक बनेर आए सन्तोष
बायाँ- डा. भूपेन्द्र कुमार बस्नेत, दायाँ-डा. सन्तोष पौडेल

काठमाडौं : कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)का निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भूपेन्द्र कुमार बस्नेतलाई पदबाट हटाइएको छ।

स्वास्थ्यमन्त्री पदम गिरीले बस्नेतलाई हटाएर वीर अस्पतालको निर्देशकमा दशौं तहका डा. सन्तोष पौडेललाई नियुक्त गरेका हुन्।

डा. पौडेललाई वीर अस्पतालको निमित्त निर्देशक बनाएपछि कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल भने निष्क्रिय हुने देखिएको छ।

हुन त ‘कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८’ निष्क्रिय भए पनि डा. बस्नेत भने ऐनलाई समेत किच्दै सरकारले जारी गरेको आदेशको भरमा युनिफाईडको निमित्त प्रमुख प्रशासकीय अधिकारीका रूपमा काम गर्दै आएका थिए।

स्वास्थ्य मन्त्री र सचिवले नै डा. वस्नेतको अवैध पदीय भूमिकाको संरक्षण गर्दै आएका थिए।

डा. पौडेलले नियुक्ति पत्र पाइसकेको मन्त्रीको सचिवालयले जनाएको छ।

नियुक्तिपछि उकेरासँग कुरा गर्दै डा. पौडेलले भने, 'मैले पत्र पाइसकेको छु। युनिफाइड केन्द्रीय अस्पतालको समेत जिम्मेवारी पाउने कार्यभार ग्रहण गर्न आजै जाँदैछु।'

५ फागुन, २०७९, १९:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।