श्रम संस्कृति पार्टीका सांसदको अभिव्यक्तिमा आशिकाले किन जनाइन् आपत्ति?
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईले संसदमा राखेको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद राईले बाँदरले आम नागरिकलाई दुःख दिएको भन्दै मार्न पाउनुपर्ने माग गरेको थिए।
उनले भनेका थिए, ‘आज पनि धेरै माननीयज्यूहरूले कुराहरू उठाउनुभयो बाँदर बदेलहरुले आज पनि जनताहरुलाई दु:ख दिइरहेको छ। यसको नीति कार्यक्रम हामीले कस्तो बनाउँदै छौँ? यसको हामीले के लेख्दै छौं यसको विषयमा? राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री भएर नबस्नुस् बाँदरलाई सलामी देउ। यदि होइन भने हामीलाई दु:ख दिइरहेको छ।’
सांसद तामाङले उनले अभिव्यक्तिमाथि उठेर आपत्ति जनाएकी हुन्।
उनले भनिन्, ‘उहाँले बादरलाई मार्न पाउनुपर्छ भनेर जुन अभिव्यक्ति दिनुभएको त्यो फिर्ता होइन् पूरै काटेर फालिनुपर्छ। उहाँले सलामी दिनुपर्ने भन्नुभयो यो शब्द पनि आपत्तिजनक छ।’
जेठ ४, २०८३ सोमबार १२:४१:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।