मकैबारीमा मृत गैंडा भेटियो, खाग र खुर सुरक्षित राखियो

मकैबारीमा मृत गैंडा भेटियो, खाग र खुर सुरक्षित राखियो

त्रिवेणी : नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका-१ लोकहा स्याउलीमा एउटा भाले गैंडा मृत फेला परेको छ।

स्थानीय भीमबहादुर दर्जीको मकैबारीमा आज बिहान गैंडा मृत फेला परेको डिभिजन वन कार्यालय नवलपुरका प्रमुख विष्णुप्रसाद अधिकारीले बताए।

उनका अनुसार वयस्क गैंडा मरेको हो। खाग र खुर सुरक्षित राखिएको छ।

शरीरमा चोटपटक नदेखिएकाले गैँडाको मृत्युको कारण खुल्न सकेको छैन। यस सम्बन्धमा अनुसन्धान भइरहेको छ।

जेठ १, २०८३ शुक्रबार १०:४६:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।