महिला उद्यमीका लागि सरकारको विशेष ‘एक्सन प्लान’, प्रविधि र बजार खोज्न राज्यले सघाउने
काठमाडौं : सरकारले महिलाहरूको व्यावसायिक क्षमता अभिवृद्धि गरी उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन विशेष प्याकेजको घोषणा गरेको छ।
आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ‘महिला उद्यमशील विकास रणनीति’ कार्यान्वयनमा ल्याउने घोषणा गरेका छन्।
महिला नेतृत्वमा सञ्चालित उद्योग र व्यवसायहरूलाई थप व्यावसायिक, प्रतिस्पर्धी र फराकिलो बनाउन सरकारले यो नयाँ कार्ययोजना अघि सारेको हो।
नीति तथा कार्यक्रममा महिला महिला उद्यमीहरूले उत्पादन गरेका वस्तुको बजारीकरणमा विशेष सहजीकरण गर्ने र व्यवस्थापकीय दृष्टिकोणबाट सबल बनाउने नीति लिएको छ। त्यस्तै,
महिला नेतृत्वका उद्योगहरूलाई आधुनिक प्रविधि उपलब्ध गराउने र उनीहरूको व्यवस्थापकीय कुशलता बढाउन तालिम तथा परामर्श दिइने उल्लेख गरीएको छ।
राष्ट्रपति पौडेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रमले महिलाको महिलाको आर्थिक सहभागिता बढाउँदै उनीहरूलाई समाजमा आर्थिक रूपमा सबल र स्वावलम्बी बनाउने लक्ष्य लिएको छ।
वैशाख २८, २०८३ सोमबार १७:२७:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।