प्रतिपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक सुचारू, सभामुखले दिए आकस्मिक समय

प्रतिपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक सुचारू, सभामुखले दिए आकस्मिक समय

काठमाडौं : प्रतिपक्षी दलहरूको विरोध र अवरोधका बीच प्रतिनिधिसभाको बैठक अघि बढेको छ।

सोमबारको बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सदनको कारबाही केही बेर प्रभावित भएको थियो।

बैठक सुरु भएलगत्तै प्रतिपक्षीले अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले सदन सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए।

सभामुख अर्यालले आकस्मिक समय माग्ने सांसदहरूसँग छलफल भई उनीहरूलाई बोल्ने समय दिने सहमति भइसकेकाले बैठक सुचारु गर्न दिन आग्रह गरे।

सभामुखको आग्रह र सांसदहरूलाई आफ्ना कुरा राख्न समय दिने सुनिश्चितता भएपछि प्रतिपक्षी दलहरूले अवरोध हटाएका छन्। हाल प्रतिनिधिसभाको बैठक सामान्य रूपमा अघि बढिरहेको छ।

वैशाख २८, २०८३ सोमबार १४:२६:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।