मंगलबार २९ बैशाख, २०८३
धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले राजीनामा दिए
काठमाडौँ : नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन्। अर्थमन्त्री स्वर्णिम वाग्लेको सचिवालयका अनुसार शुक्रबार राती उनी अर्थ मन्त्रालयमा गएर राजीनामा पत्र बुझाएका हुन्।
श्रेष्ठ २०८१ मंसिर १० गते धितोपत्र बोर्डको अध्यक्ष नियुक्त भएका थिए। उनी यो विचमा पटक पटक विवादमा तानिएका थिए।उनीमाथि नीतिगत अनियमितताको आरोप लाग्दै आएको थियो र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि उनीमाथि छानबिन गरिरहेको थियो।
वैशाख ४, २०८३ शुक्रबार २१:२१:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।