मंगलबार २९ बैशाख, २०८३
सुनको मूल्य तोलामा ५ हजार र चाँदी ५० रुपैयाँ महंगियो
काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ।
आज सुनको मूल्य तोलामा ५ हजार बढेको छ भने चाँदीको ५० रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन २ लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुन २ लाख ८१ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी ४ हजार ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी ४ हजार ६ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।
चैत १५, २०८२ आइतबार ११:१७:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।