त्रिकोणात्मक ओडिआई सिरिजको फाइनलमा पाकिस्तान पराजित, न्यूजिल्यान्डले जित्यो उपाधि

त्रिकोणात्मक ओडिआई सिरिजको फाइनलमा पाकिस्तान पराजित, न्यूजिल्यान्डले जित्यो उपाधि

काठमाडौं : पाकिस्तानमा सम्पन्न त्रिकोणात्मक ओडिआई सिरिजको उपाधि न्यूजिल्यान्डले जितेको छ।

कराँचीस्थित नेशनल स्टेडियममा घरेलु टोलीले दिएको २४३ रनको लक्ष्य ४५.२ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्दै टोलीले पाँच विकेटले उपाधि जितेको हो।

न्यूजिल्यान्डका लागि ड्यारिल मिचल र टम लाथमले क्रमशः ५७ र ५६ रनको अर्धशतकीय पारी खेले।

डेभोन कोन्वे ४८ र केन विलियम्पसन ३४ रनमा आउट हुँदा ग्लेन फिलिप्स २० रनमा अविजित रहे।

पाकिस्तानका नसीम साहले दुई विकेट लिँदा साहीन शाह अफ्रिदी, अबरार अहमद र सलमान अलि आगाले समान एक–एक विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको घरेलु टोलीले निर्धारित ४९.३ ओभरमा सबै विकेट गुमाएर २४२ रनमा समेटियो।

उसका लागि कप्तान मोहम्मद रिजवानले ४६, सलमान अलि आगाले ४५,  तय्यब ताहिरले ३८, बाबर आजमले २९, फहिम असरफले २२ र नसीम साहले १९ रन बनाए।

न्यूजिल्यान्डका विल ओरुर्कले चार विकेट लिँदा मिचेल ब्रासवेल र मिचल स्यान्टनरले समान दुई–दुई विकेट लिए।

उपाधि जितेसँगै न्यूजिल्यान्ड सिरिजमा अविजित रह्यो भने पाकिस्तानले मात्र एक खेल जित्न सक्यो। उता दक्षिण अफ्रिका भने आफ्ना दुवै खेलमा पराजित भयो।

न्यूजिल्यान्ड पाकिस्तान र दक्षिण अफ्रिका दुवै टोलीलाई हराएर फाइनल पुगेको थियो।

फागुन ३, २०८१ शनिबार ०७:५८:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।