छैठौं संस्करणको ‘जनकपुर साहित्य महोत्सव’ माघ २४ देखि

जनकपुरधाम : छैठौं संस्करणको ‘जनकपुर साहित्य महोत्सव’ माघ २४ बाट शुरू हुने भएको छ। नव मिथिला फाउण्डेसनको आयोजना र फ्याक्ट्स नेपालको प्रायोजनमा हुन लागेको जनकपुर साहित्य महोत्सव २६ सम्म राम मन्दिर पार्कमा आयोजन हुनेछ।
जनकपुरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत् महोत्सवमा साहित्य, शिक्षा, पर्यटन, नीति निर्माण, अर्थतन्त्र, सुशासन, राजनीति, भूराजनीति, खेलकुद, सम्पदा, संस्कारजस्ता १७ वटा ओपन–एयर प्यानल छलफल हुने संस्थाका अध्यक्ष अमित साहले बताए।
उनका अनुसार ‘जनकपुरधामक चुनौती आ अवसर सब’, ‘डिजिटल युगमा पठन संस्कृति’, ‘क्रिकेट: समस्या, समाधान र सम्भावना’, ‘मधेश महिमा: उत्सवको व्यवसायीकरण’, ‘पढाइ, सिकाइ र वैज्ञानिक सोच’ विषयमा विमर्श हुने छ।
तीन दिवसीय महोत्सवको उद्घाटन माघ २४ को दिउँसो दुई बजेदेखि राम मन्दिरको पार्कमा हुने संस्थाका उपाध्यक्ष आदित्य नेपालले बताए।
महोत्सवको तेस्रो दिन ‘नेपालको परराष्ट्र नीति र सिमाञ्चल’, ‘संघको दृष्टिमा मधेश’, ‘आन्दोलन र साहित्य’, ‘नेपाली उद्यमीको यात्रा’, ‘आनन्दको खोजी’, ‘समाज, साहित्य र सिनेमा’, ‘मधेशको मत’, ‘उज्यालोको यात्रा’ र ‘संविधान, संघीयता र कानूनी राज्यको अभ्यास’ जस्ता शिर्षकमा छलफल हुने छ।
माघ २२, २०८१ मंगलबार १८:३५:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।