बुमराह च्याम्पियन्स ट्रफीबाट बाहिरने सम्भावना बढ्यो

एजेन्सी : भारतीय फास्ट बलर जसप्रीत बुमराह फेब्रुअरी १९ देखि सुरु हुने च्याम्पियन्स ट्रफीबाट बाहिरिन सक्ने सम्भावना बढेको छ।
अष्ट्रेलिया भ्रमणको अन्तिम टेस्टमा उनमा ढाड दुखाइको समस्या थियो। च्याम्पियन्स ट्रफी अघि बुमराहलाई निको हुन गाह्रो रहेको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड स्रोतलाई उद्धृत गर्दै भास्करले लेखेको छ।
बुमराहको स्थानमा हर्षित राणालाई टोलीमा समावेश गर्न सकिने बताइएको छ। आईसीसीले टोलीमा परिवर्तनका लागि फेब्रुअरी ११ सम्मको समयसीमा तोकेको छ।
आफ्नो ढाडको चोटको जाँचको लागि सोमबार बेंगलुरु पुगेका उनी तीन दिनसम्म बीसीसीआई सेन्टर अफ एक्सिलेन्समा मेडिकल टोलीको निगरानीमा रहनेछन्। त्यसपछि मात्र उनीबारे निर्णय लिइनेछ।
तर, उनी इङ्ग्ल्याण्ड विरुद्धको एकदिवसीय सिरिजमा समावेश नहुनसक्ने सम्भावना अधिक छ। सिरिजको अन्तिम खेल फेब्रुअरी १२ मा अहमदाबादमा खेलिनेछ।
माघ २२, २०८१ मंगलबार ०८:४६:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।