रेड्मी नोट १४ सिरिज नेपालमा सार्वजनिक

रेड्मी नोट १४ सिरिज नेपालमा सार्वजनिक

काठमाडौं : ग्लोबल टेक्नोलोजी लिडर शाओमीले एक भव्य कार्यक्रम मार्फत रेड्मी नोट १४ सिरिज नेपालमा सार्वजनिक गरेको छ।

काठमाडौंस्थित अलफ्ट होटलमा आयोजित पत्रकार सम्मेलनमा रेड्मी नोट १४ सिरिजका नयाँ फिचरहरू प्रस्तुत गर्दै कम्पनीले स्मार्टफोन अनुभवलाई नयाँ उचाइमा पु¥याउने तयारी भएको जनाएको छ।

सञ्चारकर्मी र प्राविधिक विशेषज्ञहरूको उल्लेख्य सहभागिताले कार्यक्रमलाई झनै विशेष बनाएको थियो।

रेड्मी नोट १४ सिरिजमा रेड्मी नोट १४, रेड्मी नोट १४ ५जी, रेड्मी नोट १४ प्रो ५जी र रेड्मी नोट १४ प्रो+ ५जी गरी ४ मोडेलहरू रहेका छन्।

यी सबै मोडेलहरूमा अत्याधुनिक फिचर, स्टाइलिश डिजाइन र उत्कृष्ट प्रदर्शन क्षमता भएकोले ग्राहकहरूको अनुभवलाई नयाँपन दिने विश्वास कम्पनीले लिएको छ।

सबै नेपाली ग्राहकमा शाओमीको उच्च–गुणस्तरलाई पहुँचयोग्य बनाउने प्रतिबद्धतालाई यसले निरन्तरता दिएको छ।

रेड्मी नोट १४ सिरिज सार्वजनिक कार्यक्रममा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले स्मार्टफोनले दिन सक्ने अनुभवलाई जतिसक्दो बढाउने आफूहरुको उदेश्य रहेको बताए।

उनले भने, ‘फ्ल्यागशिप–स्तरका क्यामरा, शक्तिशाली प्रोसेसर र उत्कृष्ट टिकाउपनका साथमा आकर्षक डिजाइनमा उपलब्ध यी डिभाइसहरुले नेपाली स्मार्टफोन बजारमा नयाँ मापदण्ड स्थापित गर्नेमा हामी विश्वस्त रहेका छौँ।’

रेड्मी नोट १४ प्रो+ ५जीको बोल्ड डिजाइन र उत्कृष्ट टिकाउपना रहेको कम्पनीले जनाएको छ। यसमा आइपी ६८ डस्ट र वाटर रेजिस्टेन्स फिचर समावेश रहेको छ जसले दैनिक जीवनका चुनौतीहरू सामना गर्न सक्ने क्षमता प्रदान गर्दछ।

ल्याभेन्डर पर्पल, फ्रस्ट ब्लू र मिडनाइट ब्ल्याक रंगमा उपलब्ध यो मोडेलमा कोर्निङ गोरिल्ला ग्लास भिक्टस २ प्रयोग गरिएको छ। यसले डिभाइसलाई थप सुरक्षा प्रदान गर्नुका साथै स्टाइलिस पनि देखाउँदछ।

रेड्मी नोट १४ प्रो+ ५जीमा रहेको स्न्यापड्रागन ७ एस जेन ३ चिपसेटले उच्च स्पीड र प्रदर्शन सुनिश्चित गर्दछ। ८ जीबी+२५६ जीबी र १२ जीबी +५१२ जीबी कन्फिगरेसनमा उपलब्ध रहेको यो मोडलले मल्टिटास्किङ र गेमिङलाई झनै सहज बनाउँछ।

२०० मेगापिक्सेलको मुख्य क्यामरासँग ओआईएस र १६–इन–१ पिक्सेल बिनिङ प्रविधि रहेको यस मोडेलमा ८ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामरा, २ मेगापिक्सेलको म्याक्रो क्यामरा र २० मेगापिक्सेलको फ्रन्ट क्यामरा समावेश छ। डायनामिक शट्स, मोसन ट्राकिङ फोकस र डुअल भिडियो मोडजस्ता फिचरले फोटोग्राफी अनुभवलाई अझ क्रिएटिभ बनाउँदछ।

माघ १, २०८१ मंगलबार ०९:५२:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।