नेपाल एसबिआई बैंकद्वारा देशभर सात नयाँ शाखा उद्घाटन

काठमाडौं : नेपाल एसबिआई बैंकले शाखा विस्तारको क्रममा देशभर सात नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
दाङको लमही, कपिलवस्तुको जितपुर, पाल्पाको रामपुर बजार, जनकपुरको पिडारीचोक, उदयपुरको बेल्टार र सुनसरीको दुहबीमा गरी छ नयाँ शाखाको उद्घाटन अध्यक्ष जयती बन्सलले काठमाडौंबाट भर्चुअल्ली रूपमा गरे।
त्यसैगरी दुलेगौँडा शाखा तनहुँको उद्घाटन भने भौतिक रूपमा उपस्थित भएर गरेकी थिइन्।
कार्यक्रममा प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे, सञ्चालक पिनाकी नाथ बनर्जी, स्टेट बैंक अफ इन्डियाका महाप्रबन्धक रितेश सिन्हा, नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कूमार पंडा, प्रमुख सञ्चालन अधिकृत विकास आनन्द र अन्य पदाधिकारीहरूको समेत उपस्थिति थियो।
बैंकले नयाँ शाखा सञ्चालनबाट ग्राहक वर्गहरूमा सहज बैंकिङ सुविधा उपलब्ध हुनका साथै स्थानीय अर्थतन्त्रमा योगदान पु¥याउने लक्ष्य राखेको छ।
पुष २३, २०८१ मंगलबार ११:५८:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।