ग्लोबल आइएमई बैंकमा १५ वर्ष सेवा गरेका एक सय ६६ कर्मचारी सम्मानित

ग्लोबल आइएमई बैंकमा १५ वर्ष सेवा गरेका एक सय ६६ कर्मचारी सम्मानित

काठमाडौं : ग्लोबल आइएमई बैंकले १८औँ वार्षिकोत्सवका अवसरमा १५ वर्ष सेवा गरेका एक सय ६६ कर्मचारीलाई सम्मान गरेको छ।

बैंक बिहीबारदेखि स्थापनाको १८औँ वर्ष पूरा गरी १९औँ वर्षमा प्रवेश गरेको छ। बैंकले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ।

वार्षिकोत्सवका अवसरमा बैंकको कर्पोरेट कार्यालय, कमलादीमा बिहीबार कार्यक्रम आयोजना गरिएको थियो।

एक विशेष कार्यक्रमबीच बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले १५ वर्षदेखि निरन्तर बैंकमा सेवारत कर्मचारीलाई सम्मान गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले मर्जर र व्यवसाय विस्तारसँगै बैंकको गुणस्तर वृद्धिलाई ध्यानमा राख्दै ग्राहकको सेवा र सन्तुष्टिलाई प्राथमिकतामा राखेर बैंकको सेवालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने बताए।

‘अहिलेको बैंकिङ आवश्यकतालाई मध्यनजर गर्दै हामीले हाम्रा सेवालाई डिजिटल र प्रविधिमैत्री बनाउन आवश्यक छ। तर, डिजिटल तथा प्रविधिमैत्री गर्दा सुरक्षाको पनि त्यतिकै ख्याल राख्न जरुरी हुन्छ। सुरक्षालाई न्यूनतम सर्त बनाएर डिजिटल प्रविधिलाई अंगीकार गर्ने हो’, उनले भने।

बैंकले आफ्नो स्थापनाको १८ वर्षमा आफूलाई अधिकांश वित्तीय सूचकहरूमा अब्बल बनाउन सफल रहेको ढकालले बताए।

पुष १९, २०८१ शुक्रबार १३:१०:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।