शून्य प्रतिशत ब्याजदरमै ‘सीएफ मोटो २५० एनके’

काठमाडौं : सीएफ मोटोले नेपाली ग्राहकहरूका लागि ‘न्यु इयर, न्यु राइड’ योजना ल्याएको छ। कम्पनीले नयाँ वर्षको अवसरमा उक्त योजना ल्याएको हो।
योजनाअनुसार ग्राहकले शून्य ब्याजदरमा २४ महिनाको सरल किस्ताबन्दीमै सीएफ मोटोको २५० एनके मोडल मोटरसाइकल किन्न सक्छन्।
सीमित अवधिका लागि ल्याइएको यो योजना २०८१ को माघ १८ सम्म मात्र लागू हुने कम्पनीले जनाएको छ।
साथै सीएफ मोटोको २५० एनके खरिद गर्न भने ५० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने कम्पनीले बताएको छ। २५० एनके नगदमा खरिद गर्ने ग्राहकले २५ हजार रुपैयाँ छुट पाउनेछन्।
यसैगरी ग्राहकले एक्सचेन्जमा भने थप ३० रुपैयाँ मूल्यांकन हुने, निःशुल्क हेल्मेट, उपहार र एक वर्षका लागि सीएफ मोटोको पार्ट खरिदमा १० प्रतिशत छुट पाउनेछन्।
सीएफ मोटोको २५० एनकेमा २४९.५ सीसीको इन्जिन, २०.५ किलोवाटको अधिकतम शक्ति र २२ एनएमको टर्क उत्पादन गर्ने विशेषता रहेको कम्पनीको भनाइ छ।
पुष १६, २०८१ मंगलबार ११:०६:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।