हुन्डाई आयोनीक-५ ले बनायो विश्व रेकर्ड

काठमाडौं : कोरियन कार निर्माता हुन्डाईको इलेक्ट्रीक क्रसओभर एसयूभी आयोनीक-५ ले विश्व रेकर्ड कायम गरेको छ।
कम्पनीको सर्वाधिक सफल इलेक्ट्रीक मोडल आयोनीक-५ ले विश्वकै सबैभन्दा अग्लो स्थानमा पुगेर गिनिस बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएको हो।
अहिलेसम्म विद्युतीय कारहरुले गरेको यात्रामा सबैभन्दा माथिल्लो उचाई पुगेर आयोनीक-५ ले विश्व रेकर्ड बनाएको हो।
हुन्डाई इन्डिया र ड्राइभिङ प्रोफेशनल टीम ‘इभो इन्डिया’ले मिलेर ५ हजार ७९९ मिटर अग्लो स्थानमा पुगेर रेकर्ड बनाएको हो। उक्त अग्लो स्थानको यात्रा लद्दाख हुँदै केरलको कुटुन्डामा थियो।
आयोनीक-५ ले यो यात्रा १४ दिनमा पुरा गरेको थियो। यस अवधिमा गाडीले ४ हजार ९०० किलोमिटर दुरी तय गरेको हुन्डाई इन्डियाले जनाएको छ। निकै कठिन, चिसो र हिमाली बाटोमा पनि आयोनीक-५ ले उत्कृष्ट यात्रा प्रदान गरेको बताइएको छ।
यात्रा सकिएसँगै आयोनीक-५ एक भरपर्दो, एडान्भान्स टेक्नोलोजी र उच्च पर्फर्मेन्स दिन सक्षम रहेको पुष्टि भएको कम्पनीको दावी छ।
हुन्डाईको इलेक्ट्रीक ग्लोबल मोडुलर प्लेटफर्ममा (ई-जीएमपी) मा तयार भएको आयोनीक-५ ले यसअघि विश्वभर थुप्रै अवार्डहरू आफ्नो नाममा लेखाउन सफल भएको छ।
पुष १५, २०८१ सोमबार १०:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।