मंगलबार ०५ जेठ, २०८३
एमाले पोलिटब्यूरो बैठक आज बस्दै
तस्बिर- नेपाल न्यूज बैंक
काठमाडौं : एमालेको पोलिटब्यूरो बैठक आज बस्दैछ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो १ बजे पोलिटब्यूरो बैठक बस्ने एमाले प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए।
उनका अनुसार बैठकमा यही भदौ १३ गतेको सचिवालय बैठकमा प्रस्तुत गरिएको पार्टीको वार्षिक कार्ययोजनाको मस्यौदालाई सुझावसहित अन्तिम रुप दिइने छ।
बैठक आज र भोलि दुई दिन बस्ने जनाइएको छ। एमालेमा ९५ जनाको पोलिटब्यूरो रहेको छ।
भदौ १८, २०८१ मंगलबार ११:४०:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।