उकेराकर्मी विक पुरस्कृत

उकेराकर्मी विक पुरस्कृत

काठमाडौं : सुर्खेतमा उकेराकर्मी जगतदल जनाला विक पुरस्कृत भएका छन्।

खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालको २३औं स्थापना दिवसको अवसरमा उकेराकर्मी विकले फेडवासन वास राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन्।

जिल्लाको चौकुने, रेक्चा र पुच्मा लगायतका क्षेत्रमा खानेपानीको समस्या र समाचार प्रकाशित भएपछि परेको प्रभावबारे लेखिएको समाचारका आधारमा उनी पुरस्कृत भएका हुन्।

चौकुने वडा नम्बर ३ को रेक्चा, पुच्मा, नाउली र चौकुने-१ को धनरास लगायतका ठाउँहरूमा अझै पनि पानीको हाहाकार छ।

यी क्षेत्रका नागरिकहरू वर्षामा आकाशको पानी, हिउँद र खडेरीमा तालमा जम्मा भएको पानी खान बाध्य छन्।

गाउँमा विवाह, पूजा र कसैको मृत्यु भए दुई घण्टा टाढाबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता रहेको गाउँमा पाँच कक्षासम्म अध्ययनरत विद्यार्थीले घरबाटै पानी लिएर जानुपर्छ।

पानीकै समस्याका कारण त्यस क्षेत्रका स्थानीय गुटु, बिजौरा, नेपालगञ्ज र कैलाली बसाइ सर्न थालेका छन्।

सम्बन्धित समाचार:-

भदौ १०, २०८१ मंगलबार ११:११:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।