सिरोहिया नागरिकता अनुसन्धानबारे विश्व प्रकाशलाई रविको जवाफ ‘खोदा पहाड निकला चुहा’ भन्दै ढाकछोप गर्नु

सिरोहिया नागरिकता अनुसन्धानबारे विश्व प्रकाशलाई रविको जवाफ ‘खोदा पहाड निकला चुहा’ भन्दै ढाकछोप गर्नु

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रहरीको अनुसन्धानको दायरामा रहेको विषयलाई ‘खोदा पहाड, निकला चुहा’ भन्दै सत्तारुढ दलका सांसदले केही पनि विषय हैन भनेर मिलाउने प्रयास गरेको बताए।

प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले ‘अनुसन्धानरत फाइललाई ‘खोदा पहाड निकला चुहा’ भनेर ढाकछोप गर्ने प्रयास गरेको भन्दै आफ्नो कार्यकालमा प्राप्त प्रमाणको आधारमा अनुसन्धान भएको र अहिले पनि सो विषय अनुसन्धानमै रहेको बताए।

आइतबारको विशेष समयमा बोल्दै कांग्रेसका सांसद तथा महामन्त्री विश्वप्रकाश शर्माले रवि लामिछानेले आफ्नो कार्यकालमा सिरोहियाको नागरिकताबारे एउटा मात्रै फाइल खोलेको र त्यो पनि खोदा पहाड, निकला चुहा’ भएको बताएका थिए।

‘कान्तिपुरको विषय केही पनि हैन भन्नुभयो। धनुषामा रहेको रिक्सा चालकले लिएको नागरिकता त्यसपछि उहाँहरूले चिन्ता गर्नुभएको सञ्चार उद्यमीले लिएको नागरिकता नम्बर मिलेको मात्रै हैन विभिन्न कम्पनीमा अलग अलग नागरिकता नम्बर दिएको खुलेपछि अनुसन्धान भएको हो’ उनले भने ‘स्वास्थ्यमा समस्या देखियो भनेर एयर लिफ्ट गरेर काठमाडौँ आएपछि हाजिर जमानीमा छुटेको हो। तर गहिरो अनुसन्धान भइरहेको छ। अनुसन्धान जारी छ।‘

दुई दल मिलेर बनेको सरकार खतराको सङ्केत भएको भन्दै उनले विभिन्न काण्डमा सफाइ दिए जस्तै नागरिकता विषयमा पनि सफाइ दिन खोजिएको भन्दै भने’ कान्तिपुर टिभीमा समाचार पढ्ने व्यक्ति नभए म गएर पढौँला। संस्थाको योगदानको अवमूल्यन गरेको हैन। तर संस्था र व्यक्तिको कुरा फरक छ।‘

उनले बाँसबारी छाला जुत्ताको जग्गा अनुसन्धानमै रहेको, टिकापुरको जग्गा पनि अनुसन्धानमा रहेको भन्दै सत्तारुढ दलका सांसदहरूले यसलाई पनि खोदा पहाड निकला चुहा भन्दै फाइल बन्द गर्ने जोखिम रहेको बताए।

सम्बन्धित समाचार

साउन १३, २०८१ सोमबार १४:५९:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।