जेष्ठ ८ गते ललितपुरमा राइटपाथले ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ गर्ने

जेष्ठ ८ गते ललितपुरमा राइटपाथले ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ गर्ने

काठमाडौँ : राइटपाथ करियर काउन्सिलिङले ललितपुरको कुमारीपाटीमा  ‘ग्रान्ड एजुकेसन कन्क्लेभ–२०२४’ गर्ने भएको छ। देशका विभिन्न स्थानहरूमा ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ सम्पन्न गरिसकेको शैक्षिक परामर्शदाता संस्था राइटपाथले मंगलवार कुमारीपाटी स्थित आफ्नै कार्यालयमा  ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ गर्न लागेको हो।

उक्त कन्क्लेभमा विद्यार्थीले २० भन्दा धेरै ख्यातिप्राप्त विश्वविद्यालयका प्रतिनिधिहरूलाई एकै छानामुनि भेटेर आफ्ना जिज्ञासाहरू मेटाउन सक्नेछन्। युनिभर्सिटीका प्रतिनिधिबाटै विश्वविद्यालयका बारेमा सत्य तथ्य जानकारी पाउने राइटपाथका प्रमुख कार्यकारी अधिकृत (सीईओ) फिलिप्स डिसीले बताए। यस्ता एजुकेसन कन्क्लेभहरूले विद्यार्थीहरूको हौसला बढ्ने उनको भनाई छ।

राइटपाथले उक्त कन्क्लेभमा सहभागी हुने विद्यार्थीहरूका लागि विभिन्न अफरहरूको पनि व्यवस्था गरेको छ। सीईओ डिसीका अनुसार  कन्क्लेभमा सहभागी हुने विद्यार्थीहरूका लागि एप्लिकेसन प्रोसेसिङमा शत प्रतिशत अफर राखिएको छ भने फ्री मुभी टिकट तथा एक्साइटिङ गिफ्टह्याम्फरहरूको पनि व्यवस्था गरिएको छ।  

उनले यूएस लक्षित अफरदेखि ६ हजार लाग्ने आएल्स जम्मा २०८१ रुपैयाँमै गर्ने अफर ल्याएको पनि बताए।

ग्राण्ड एजुकेसन कन्क्लेभमा वरिष्ठ गायिका अन्जु पन्त र मिस नेपाल २०१६ की विजेता तथा राइटपाथकी ब्राण्ड एम्बेस्टर अस्मी श्रेष्ठ पनि सहभागी हुनेछन्।   

यसअघि काठमाडौँ, धनकुटा, हेटौँडा, चितवन, बुटवल र दाङमा  ‘ग्रान्ड एजुकेसन कन्क्लेभ–२०२४’ सम्पन्न भइसकेको छ। वैशाख २९ गते काठमाडौंबाट सुरु भएको ग्रान्ड एजुकेसन कन्क्लेभमा करिब ६ हजारभन्दा बढी अभिभावक तथा विद्यार्थीहरूले सहभागी जनाइसकेका समेत डिसीले जानकारी दिए। 

जेठ ७, २०८१ सोमबार १९:५३:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।