चुनावको सम्मुखमा भारतीय नेताको सम्पत्ति चर्चा : कति होला प्रधानमन्त्री मोदीको सम्पत्ति?

चुनावको सम्मुखमा भारतीय नेताको सम्पत्ति चर्चा : कति होला प्रधानमन्त्री मोदीको सम्पत्ति?

एजेन्सी : भारतमा यतिबेला लोकसभा निर्वाचनको माहोल छ। यसैबीच नेताहरूको सम्पत्तिबारे आम जनमानसमा चासोको विषय बनिरहेको छ। 

प्रधानमन्त्री नरेन्द्र मोदीको सम्पत्ति कति होला? मोदी आफैंले दिएको जानकारीअनुसार भने उनको चल सम्पत्ति तीन करोड भारतीय रुपैयाँभन्दा बढी छ।

उनले देखाएको तीन करोडमध्ये धेरैजसो रकम बैंकमा मुद्दति छ। लोकसभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता गर्नेमा प्रधानमन्त्री मोदीले आफ्नो सम्पत्ति तीन करोड रहेको उल्लेख गरेका छन्। 

बीबीसीका अनुसार मोदीले मनोनयन दर्ता पत्रमा आफ्नो चल सम्पत्ति ३ करोड २ लाख ६ हजार ८ सय ८९ रहेको उल्लेख छ। त्यसमध्ये २ करोड ८५ लाख भारतीय स्टेट बैंकमा मुद्दती निक्षेप रहेको छ। यसबाहेक मोदीसँग चार वटा सुनका औँठी छन्, जसको मूल्य २.६७ लाख पर्छ।

मोदीले गत आर्थिक वर्षमा ३.३३ लाख रुपैयाँ आयकर तिरेका थिए। मोदीले नगदबारे यसरी खुलाएपनि उनको अचल सम्पत्ति कहाँ कति छ भन्नेबारे खुलाइएको छैन। जशोदाबेनलाई प्रधानमन्त्री मोदीकी पत्नीको रूपमा वर्णन गरिएको छ। उनीसँग कति सम्पत्ति छ भन्ने जानकारी खुलाएका छैनन्। 

मोदीले सन् २०१९ को लोकसभा निर्वाचनमा गुजरातको गान्धीनगरमा आवासीय जग्गासहित २.५ करोडको सम्पत्ति रहेको बताएका थिए । जसमध्ये १.२७ करोड रुपैयाँ मुद्दती निक्षेप थियो।

सन् २०१४ मा भने उनले १.६५ करोड सम्पत्ति रहेको खुलाएका थिए।

जेठ २, २०८१ बुधबार १४:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।