एकीकृत समाजवादीको संसदीय दलको बैठक जारी

एकीकृत समाजवादीको संसदीय दलको बैठक जारी

काठमाडौं : एकीकृत समाजवादी पार्टीका संसदीय दलको बैठक जारी छ।

पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बैठक जारी रहेको जानकारी दिए।

यही वैशाख २८ गतेदेखि सुरू हुने संघीय संसदको अधिवेशन, पार्टीको तयारी र समसामयिक विषयमा छलफल गर्न बैठक बसेको खतिवडाले जानकारी दिए।

उहाँले भने, ‘बैठकमा यही वैशाख २८ गतेदेखि सुरूहुने बजेट अधिवेशन, नीति तथा कार्यक्रमसँग जोडिएका विषय, प्रारम्भीक तयारी तथा समसामयिक विषयमा छलफल भइरहेको छ।’

२४ बैशाख, २०८१, १३:४०:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।