ब्राजिलमा बाढीका कारण ५५ जनाको मृत्यु, ७४ जना बेपत्ता

ब्राजिलमा बाढीका कारण ५५ जनाको मृत्यु, ७४ जना बेपत्ता

काठमाडौं : आँधीपछि आएको बाढीका कारण ब्राजिलमा ५५ जनाको मृत्यु भएको छ भने ७४ जना बेपत्ता छन्।

शनिबार दक्षिणी क्षेत्रमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको त्यहाँको प्रशासनले जनाएको छ।

बीबीसीका अनुसार ब्राजिलमा शनिबार आएको आँधीपछि २५ हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन्।

निरन्तर वर्षाको सम्भावनाबीच अझै करिब ५ लाख मानिसहरू स्वच्छ पिउने पानी र बिजुलीको सुविधाविहीन बनेका छन्।

बाढीका कारण त्यहाँका दुई सयभन्दा बढी शहरहरू प्रभावित भएका छन्। हावाहुरीका कारण धेरै सडकमा पनि क्षति पुगेको छ।

बेन्टो गोन्काल्भ्सको बाँध नजिकैको पहिरोमा परी ३० जनाको ज्यान गएको छ। अन्य बाँधहरूमा पनि क्षतिको सम्भावना रहेको प्रशासनले जनाएको छ।

२४ बैशाख, २०८१, ०९:०१:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।