लखनऊसँग चार विकेट हारसँग तालिकाको नवौं स्थानमा मुम्बई

लखनऊसँग चार विकेट हारसँग तालिकाको नवौं स्थानमा मुम्बई

काठमाडौं : इन्डियन प्रिमियर लिग आईपीएलमा लखनऊ सुपर जायन्ट्सले पाँच पटकको विजेता मुम्बई इन्डियन्सलाई चार विकेटले पराजित गरेको छ।

टस जितेर पहिले लखनऊले पहिला बलिङ रोजेपछि मुम्बई ब्याटिङमा तानिएको थियो। पावर प्लेमै चार विकेट गुमाएको मुम्बईलाई १४४ रनमा समेटियो।

जन्मदिको दिन रोहित शर्मा चल्न सकेनन् भने सूर्यकुमार यादव र तिलक वर्माले पनि दोहोरो अंक कटाएनन्। कप्तान हार्दिक पाण्ड्या गोल्डेन डक भए।

मुम्बईका इशान किशन (३२), नेहल वढेरा (४६) र टिम डेभिड (३५)ले टिमको इज्जत जोगाए।

लखनउका मोहसिन खानले दुई, नवीन उल हक, मयंक यादव, रवि बिश्नोई र मार्कस स्टोइनिसले समान एक-एक विकेट लिए।

जवाफमा लखनऊको टोलीले १९.२ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।

लक्ष्य पच्छ्याउने क्रममा लखनऊका लागि मार्कस स्टोइनिसले उत्कृष्ट पारी खेले। २८ रनको स्कोरमा कप्तान राहुलले आफ्नो विकेट गुमाएका थिए।

ओपनर अर्शिन कुलकर्णी खाता नखोलेर आउट भए। तर अलराउन्डर मार्कस स्टोइनिसले ४५ बलमा ६२ रनको इनिङ खेले।

उनी बाहेक निकोलस पुरनले १४ रनको नटआउट पारि खेल्दा दीपक हुड्डाले १८ रन बनाए। मुम्बईका हार्दिक पाण्ड्याले २ तथा नुवान तुसारा, जेराल्ड कोट्जे र मोहमद नविले एक-एक विकेट लिए।

जितसँगै लखनऊले प्लेअफ सम्भावना पनि बलियो बनाएको छ। जारी प्रतियोगिताको अंक तालिकामा लखनऊ १२ अंकका साथ तेस्रो स्थानमा छ।

पराजित मुम्बई भने १० खेलमध्ये तीनमा जितसहित छ अंक छ। उ तालिकाको नवौं स्थानमा छ।

१९ बैशाख, २०८१, ०७:४२:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।