२६ करोड यात्रु क्षमताको विश्वकै ठूलो विमानस्थल बनाउँदै युएई, १२८ बिलियन लागत

२६ करोड यात्रु क्षमताको विश्वकै ठूलो विमानस्थल बनाउँदै युएई, १२८ बिलियन लागत

एजेन्सी : ठूला र भव्य भवन बनाउने संयुक्त अरब इमिरेट्स (युएई) ले अब विश्वकै ठूलो विमानस्थल निर्माण गर्न लागेको छ। यसको नाम अल मकतूम अन्तर्राष्ट्रिय विमानस्थल हुनेछ। 

आइतबार दुबईका शासक शेख मोहम्मद बिन रसिद अल–मकतूमले एइडी (युएइको मुद्रा) १२८ बिलियनको लागतमा नयाँ यात्री टर्मिनललाई अनुमोदन गरे। यो विमानस्थल निर्माणको काम सन् २०१३ मा नै सुरू भएको हो।

अल मकतूम अन्तर्राष्ट्रिय विमानस्थल विश्वको सबैभन्दा ठूलो हुनेछ। विमानस्थलमा २६ करोड यात्रु क्षमताको हुनेछ। अहिले रहेको दुबई अन्तर्राष्ट्रिय विमानस्थलको आकारको पाँच गुणा ठुलो हुने पनि जनाइएको छ। 

दुबई एयरपोर्टका सबै कामहरू आगामी वर्षहरूमा अल मकतूममा सारिने छ। अल मकतूम एयरपोर्टमा चार सय टर्मिनल गेटहरू र पाँच रनवेहरू पनि समावेश गरिएका छन्।

दुबईको सरकारी स्वामित्वको एयरलाइन इमिरेट्सका अध्यक्ष शेख अहमद बिन सईद अल–मकतूमले एयरपोर्ट प्रमुख क्यारियर इमिरेट्स र यसको कम लागतको एयरलाइन फ्लाईदुबई साथै विश्वलाई दुबईमा जोड्ने सबै एयरलाइन साझेदारहरूको लागि नयाँ घर हुने बताए।

१७ बैशाख, २०८१, १३:४८:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।