प्राथमिक तह तृतीय श्रेणीका लागि ४ हजार बढी शिक्षक माग

प्राथमिक तह तृतीय श्रेणीका लागि ४ हजार बढी शिक्षक माग

काठमाडौं : शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणीमा ४ हजार ४६२ शिक्षकको लागि आवेदन माग गरेको छ। 

आज सातै प्रदेशका लागि खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाति, अपाङ्गता, दलित, पिछडिएको क्षेत्र र तराई–मधेशमा बसोबास गर्ने मधेशी, लगायतका विभिन्न समूहमा विज्ञापनद्वारा शिक्षक माग गरिएको हो।

बागमती प्रदेशमा सबैभन्दा धेरै १ हजार १०३, कोशीमा १ हजार ०७७, गण्डकीमा ८००, मधेशमा ५०८, लुम्बिनीमा ४९५, सुदूरपश्चिममा ३०२ र कर्णालीमा १७७ जनाका लागि आयोगले आवेदन खुलाएको छ। 

योग्यता पुगेका इच्छुकले जेठ १३ गतेसम्म र दोब्बर दस्तुरमा भने जेठ २० गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ।

१५ बैशाख, २०८१, १४:१६:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।