मिस युनिभर्सको उपाधि ६० वर्षीया एलेजान्ड्रा मारिसा रोड्रिग्वेजलाई

मिस युनिभर्सको उपाधि ६० वर्षीया एलेजान्ड्रा मारिसा रोड्रिग्वेजलाई

एजेन्सी : ६० वर्षीया वकिल तथा पत्रकार एलेजान्ड्रा मारिसा रोड्रिग्वेजले मिस युनिभर्स ब्यूनस आयर्सको ताज पहिरिएकी छन्।

६० वर्षको उमेरमा मिस युनिभर्स ब्युनस आयर्सको उपाधि जितेकी रोड्रिग्वेजले आफूले इतिहास रचेको बताएकी छन्।

‘म मिस युनिभर्सको ताज पहिरिने पहिलो पुस्ताबाट हुँ,’ उनले भनिन्, ‘म सौन्दर्य प्रतियोगितामा नयाँ युगको प्रतिनिधित्व गर्न पाउँदा उत्साहित छु। आज हामी एक नयाँ सुरुवात गर्दैछौँ, जहाँ महिलाहरू अब शारीरिक सौन्दर्यमा मात्र सीमित छैनन्।’

आफ्नो भविष्यका योजनाहरू बताउँदै मारिसा रोड्रिग्वेजले भनिन्, ‘मिस युनिभर्स अर्जेन्टिना २०२४ मा सहभागी हुन पाउँदा म उत्साहित छु।’

यसअघि १८ देखि २८ वर्ष उमेर समूहका महिलाले मात्रै यस प्रतियोगितामा भाग लिन पाउँथे। सेप्टेम्बर २०२३ मा मिस युनिभर्स संगठनले यी प्रतियोगिताहरूमा भाग लिनको लागि उमेर सीमा हटाएको थियो।

१४ बैशाख, २०८१, ११:५१:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।