तान्जानियामा भारी वर्षापछि आएको बाढीमा परेर १५५ जनाको मृत्यु

तान्जानियामा भारी वर्षापछि आएको बाढीमा परेर १५५ जनाको मृत्यु

एजेन्सी : तान्जानियामा भारी वर्षा र बाढीका कारण १ सय ५५ जनाको मृत्यु भएको छ।

मे महिनामा पनि वर्षा जारी रहने चेतावनी दिँदै तान्जानियाका प्रधानमन्त्री कासिम मजालिवाले यसबारेमा जानकारी गराएका हुन्।

उनले बाढी प्रभावित क्षेत्र छाड्न सर्वसाधारणलाई आग्रह गरेका छन्। बाढीबाट दुई लाख मानिस प्रभावित भएका छन्।

कासिमले भने, ‘बाढीका कारण दुई लाख मानिस र ५१ हजारभन्दा बढी परिवार प्रभावित भएका छन्।’

तान्जानियाका छिमेकी देश केन्या र बुरुन्डीमा पनि भारी वर्षाका कारण अवस्था बेहाल छ।

संसदमा बोल्दै मजलिवाले भने, ‘जनवरीदेखि भारी वर्षाका कारण १ सय ५५ जनाको मृत्यु भएको छ। अहिलेसम्म २३६ जना घाइते भएका छन्।’

तीव्र हावा र बाढीका कारण देशका धेरै ठाउँमा ठूलो क्षति भएको भन्दै उनले बालीनाली नष्ट हुनुका साथै सडक र रेलमार्गमा क्षति पुगेको बताए।

१४ बैशाख, २०८१, १०:३७:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।