सरकारले बेवास्ता गरेपछि चन्दा उठाएर बङ्गलादेश गयो नेपाली भलिबल टिम

सरकारले बेवास्ता गरेपछि चन्दा उठाएर बङ्गलादेश गयो नेपाली भलिबल टिम

काठमाडौं :  नेपाली भलिबल टिम बङ्गलादेशको राजधानी ढाका प्रस्थान गरेको  छ। 

ढाकामा भोलिदेखि हुने आमन्त्रित अन्तर्राष्ट्रिय भलिबल यु–१९ प्रतियोगितामा सहभागी हुन प्रशिक्षकसहितको टिमलाई आज भक्तपुरबाट बिदा गरिएको हो।

ढाका गएका खेलाडीमा सुरेश मल्ल, यज्ञराज जोशी, अविशेक थापा, पुष्कल थापा, दिपेन थापा, पहल गहतराज, राजकुमार रोकाया, सुनिल बोहोरा, इज्जत दनै, शशि पुलामीमगर र भुवन तामाङ छन्। टिम म्यानेजर दीपक थापाका अनुसार, प्रशिक्षक उत्सव खड्का र सहायक प्रशिक्षक जनकबहादुर खड्का पनि टिमसँगै गएका छन्। 

सरकारी निकायबाट सहयोग नभएपछि सहायता फाउण्डेशनका अध्यक्ष राजु ढुङ्गेल, व्यवसायी लक्ष्मण अवाल र थापा आफैँले रकम जुटाएर भलिबल टिमलाई ढाका पठाएको थापाले बताए।

१३ बैशाख, २०८१, १४:१५:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।