यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन उज्वेकिस्तान प्रस्थान नेपाली टोली

यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन उज्वेकिस्तान प्रस्थान नेपाली टोली

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले उज्वेकिस्तानमा हुने एएसबीसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने खेलाडीसहित ५ सदस्यीय टोलीलाई बिदाइ गरेका छन्।

प्रतियोगिता अप्रिल २७ देखि मे ८ तारिखसम्म हुँदै छ। साथै प्रतियोगितामा पुरुष ४८ केजी समूहमा लालप्रसाद उप्रेती, महिला ४८ केजी समूहमा सुष्मा तामाङ र महिला ५० केजी समूहमा रमिशा श्रेष्ठले भाग लिँदै छन्। 

त्यस्तै, खेलाडीसँगै प्रशिक्षक सुजित पुन मगर र निर्णायक धनकुमार मैनाली पनि उज्वेकिस्तान जाँदै छन्।

१२ बैशाख, २०८१, २१:५७:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।