आईपीएलमा आज दिल्ली र गुजरात भिड्दै, यस्तो छ आँकडा

आईपीएलमा आज दिल्ली र गुजरात भिड्दै, यस्तो छ आँकडा

काठमाडौं : इन्डियन प्रिमियर लिग आईपीएलमा आज दिल्ली क्यापिटल्स र गुजरात टाइटन्स भिड्दैछन्।

जारी सिजनको ४०औं खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे दिल्लीस्थित अरुण जेटली क्रिकेट स्टेडियममा सुरु हुनेछ।

अहिलेसम्म दिल्ली र गुजरात आईपीएलमा जम्मा चारपटक आमनेसामने भएका छन्। चारमध्ये दुवै टोलीले दुई–दुई खेल जितेका छन्।

जारी सिजनमा आठ खेलेको गुजरात चारमा जितसहित तालिकाको छैटौं स्थानमा हुँदा दिल्ली तीन जितसहित आठौं स्थानमा छ।

प्रतियोगिताको शीर्ष चार टोलीले प्लेअफ खेल्नेछन्। आठ खेल खेलिसक्दा राजस्थान १४ अंकसहित पहिलो स्थानमा हुँदा सात खेल खेलेको कोलकाता नाइट राइडर्स १० अंकसहित दोस्रो स्थानमा छ।

त्यसैगरी सात खेलमा १० अंकसहित सनराइजर्स हैदरावाद तेस्रो स्थानमा रहँदा आठ खेल खेलेको लखनउ सुपर जायन्ट्स समान १० अंकसहित चौथो स्थानमा छ।

सिजनमा समूह चरणमा ६९ खेल हुनेछन् भने बाँकी चार खेल नकआउट चरण र फाइनल हुनेछ।

१२ बैशाख, २०८१, १४:०४:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।