पाँच खेलको टी२० सिरिज खेल्न ‘वेस्ट इन्डिज ए’ क्रिकेट टोली नेपालमा

पाँच खेलको टी२० सिरिज खेल्न ‘वेस्ट इन्डिज ए’ क्रिकेट टोली नेपालमा
तस्बिर- बिमल गिरी

काठमाडौं : पाँच खेलको टी२० सिरिज खेल्न ‘वेस्ट इन्डिज ए’को क्रिकेट टोली नेपाल आइपुगेको छ।

बुधबार विहान नेपाल आइपुगेको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघका क्रिकेट म्यानेजर विनाेद दासले स्वागत गरे।

स्वागत लगत्तै उनीहरूलाई होटलमा लगिएको छ। उनीहरूले २७ अप्रिल शनिबार नेपालको राष्ट्रिय टोलीसँग पहिलो टी२० खेल्नेछन्।

अप्रिल २८ मा दोस्रो, मे १ मा तेस्रो, मे २ मा चौंथो र मे ४ मा अन्तिम खेल हुनेछ। सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।

वेस्ट रोस्टन चेजको कप्तानीमा रहेको ‘वेस्ट इन्डिज ए’मा सिनियर टोलीबाट खेलेका १२ खेलाडीसहित छन्।

वेष्ट इण्डिज ए अन्तर्राष्ट्रियस्तर अनुसार नेपाल आउने सबभन्दा उच्च स्तरको टोली हो।

१२ बैशाख, २०८१, ११:५३:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।