विश्व प्रसिद्ध ऐसले फर्निचर शोरुम अब नेपालमा

विश्व प्रसिद्ध ऐसले फर्निचर शोरुम अब नेपालमा

काठमाडौं : विश्व प्रसिद्ध ऐसले फर्निचरले काठमाडौंबाट आफ्नो बिक्री वितरण थालेको छ।

एसएन जोशी एण्ड सन्स कम्पनीलाई आधिकारीक विक्रेताको रूपमा नियुक्त गर्दै कम्पनीले टेकुमा शोरुम स्थापना गरेको हो।

ऐसले ब्राण्ड विश्वको सबैभन्दा ठूलो फर्निचर उत्पादक तथा विक्रेता मध्येको एक हो। विगत १८ वर्षदेखि ऐसले अमेरिकाको सबैभन्दा बिक्री हुने फर्निचर ब्राण्ड रहँदै आएको छ।

ऐसलेको विश्वभरी ६६ राष्ट्रहरुमा १,१०० भन्दा बढि होमस्टेहरु छन्।

टेकु स्थित ऐसलेको शोरुम चार हजार पाँच सय स्क्वायर फिटमा फैलिएको छ।

यहाँ ग्राहकले विभिन्न आधुनिक रूपमा लिभिङ्ग रुम, डाइनिङ्ग रुम, बेडरुमको साज सज्जा सहित चाहिने सर–सामानहरूको उपलब्धता रहने कम्पनीले जनाएको छ।

८ बैशाख, २०८१, ०८:५९:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।