६२० किमी रेन्ज दिने पहिलो प्रिमियम ईभी यसयुभि  नेपालमा, विशेष पाँच विशेषतासहितको स्काईवेल प्रिमियम सार्वजनिक

६२० किमी रेन्ज दिने पहिलो प्रिमियम ईभी यसयुभि  नेपालमा, विशेष पाँच विशेषतासहितको स्काईवेल प्रिमियम सार्वजनिक

काठमाडौँ: जी मोटर्स प्रालिले चाईनाको बिश्व प्रख्यात ब्रान्ड स्काईवेल प्रिमियम लक्जरी ईभी यसयुभि नेपालमा सार्वजनिक गरेको छ। बिहीबार विशेष कार्यक्रमकाबीच नेपालमा पहिलो पटक भित्रिएको ६२० किमी रेन्ज दिने, ५ स्टार सेफ्टी रेटिङ्ग प्राप्त रियल इभी यसयुभि सार्वजनिक भएको हो।

७ वर्ष देखी  नेपालमा विभिन्न ब्रान्डका सवारी साधन बिक्री गर्दै आएको जी मोटर्स प्रालिको राधेराधे भक्तपुरमा रहेको स्काईवेल शोरुमको उद्घाटनसँगै ९ वटा गाडी ग्राहकलाई डेलिभरी गरिएको थियो।

नेपालस्थित चिनिया दुतवासका ईकोनोमिक एन्ड कमर्शियल कन्सुलर सी यु,  स्काईवेल न्यु ईनर्जी भेहिकलका चिनिया प्रतिनिधि थोमस जु र जी मोटर्स प्रालीका अध्यक्ष दुर्गा प्रसाद गेलालले संयुक्त शोरुमको उद्घाटन गरेका थिए।

औपचारिक बुकिङ एवम् ब्रान्डको बिक्री सुरुवात गरेको जी मोटर्सले छोटो समयमा नेपाल मै सबैभन्दा धेरै रेन्ज दिने ६ सय २० किमीको दुरी एक सिङ्गल चार्जमा तय गर्ने र १५० किलोवाट आवरको ब्याट्री प्याक रहेको स्काईवेलको प्रिमियमको विक्री सुरु गरेको हो।

गाडी सार्वजनिक गर्दै कम्पनीका प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले वैशाख महिनाभर १ वर्षको नि:शुल्क बिमा, सडक कर, एक्सचेन्ज सुविधामा आकर्षक बोनस र विशेष छुटको घोषणा गरेका थिए।

विद्युतीय सवारी प्रति उपभोक्ताको बढ्दो चाहनालाई सम्बोधन गर्न कम्पनीले प्रिमियम ब्रान्डको विद्युतीय एसयूभी ल्याएको र स्काइवेलका विद्युतीय सवारी जर्मनी, इजरायल, टर्की र रसिया लगायत  ५८ भन्दा बढी देशमा बिक्री हुँदै आएको गेलालले जानकारी दिए।

स्काईवेल इटि फाइभका विशेष विशेषता

कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार यसमा ८६ किलोवाट आवरको ब्याट्री प्याक (लिथियम टर्नोटरी) रहेको छ। १५० किलोवाट मोटर क्यापासिटीसँगै  CNACP- 5 Star Safety को मान्यता पाएको छ यसले।

नेपालमा एक पटक ब्याट्री चार्ज गर्दा ६२० किमी रेन्ज भएको नेपालमा पहिलो विद्धुतिय गाडी रहेको, अटो पार्किङ, मेट्रीक्स लेजर हेडलाईट , मोसन सेन्सर बेस्ड रियर टेलगेट ओपनर, फुल साइज प्यानारोमिक सनरुफ र मुनरुफ  र लक्जरी  2 level foldable rear seats रहेको कम्पनीले जनाएको छ।

कम्पनीले उच्च प्रविधियुक्त र नेपालमा उपलब्ध ईभी सवारीमध्ये सर्वाधिक रेन्ज दिने स्काइवेलको विद्युतीय एसयूभी ईटी फाइभ भित्र्याएको जानकारी दिएको छ।

ईटी फाइभ विशेष गरी इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेकट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेको कम्पनीले जनाएको छ।

यसको टपस्पिड १६० प्रतिघण्टा भन्दा बढी रहेको छ जसले उपभोक्तालाई उच्च गतिको सवारी ड्राईभिङ्ग अनुभूति दिलाउन सक्नेछ।  स्काईवेल ईटि फाइभको नेपाली बजार मूल्य १ करोड ९ लाख रहेको कम्पनीले जनाएको छ।  

६ बैशाख, २०८१, २२:१८:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।